भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल र विकल पौडेल पक्राउ
![भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल र विकल पौडेल पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/aaktir_I9cn2inTM1_oxoYsewieX.jpg)
काठमाडौं : नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अन्सन्धान आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
राष्ट्रिय पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेललाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो। अख्तियारले सुनिलविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो र १३ वर्ष कैद मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।
त्यस्तै सेक्युरिटी प्रेसका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा झन्डै ७० करोड भ्रष्टाचार भएको भन्दै अख्तियारको टोलीले विकल पौडेललाई पक्राउ गरेको हो। अख्तियारले पौडेलविरुद्ध बिगो ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)