दुईपटक प्रधानमन्त्री बनिसकेकाले तेस्रोपटक बल गर्न हुन्न : महामन्त्री शर्मा

दुईपटक प्रधानमन्त्री बनिसकेकाले तेस्रोपटक बल गर्न हुन्न : महामन्त्री शर्मा
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले तेस्रोपटकका लागि बल गर्न नहुने बताएका छन्।

मोरङको विराटनगरस्थित एलिट क्लबमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी दिनका प्रधानमन्त्रीको शपथ ग्रहण लिनु राष्ट्रका लागि घातक हुने जिकिर गरे। 

तीनवटै दलका अध्यक्षले भाबी समयमा प्रधानमन्त्रीको दाबेदारी नगरे राष्ट्र समुन्नतिको बाटोमा अघि बढ्ने उनले दाबीसमेत गरे। उनले भने, ‘राष्ट्रको हितका लागि तीनवटै ठूला दलले मार्ग प्रशस्त गरिदिनुपर्‍यो। युवापुस्तालाई अवसर दिनुपर्‍यो। त्यो राष्ट्रका लागि सुखद् हुन्छ।’

कार्यक्रममा बोल्दै महामन्त्री शर्माले मुलुकमा प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद मात्र चारपटक हुने व्यवस्था गर्नुपर्ने विषयमा जोड दिए। उनले अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे। अवस्था परिवर्तनको लागि आवश्यकताको आधारमा संविधान संशोधन गर्नुपर्ने भए त्यसमा पनि पछि हट्न नहुने उनले स्पष्ट पारे। ‘अमेरिकाले अहिले संविधान परिमार्जन गर्दै अवस्था परिवर्तन गर्दैछ। हामी के हेरेर बसिरहेका छौं?,' उनले भने।

फरक प्रसंगमा बोल्दै महामन्त्री शर्माले संघीयताको खारेजी वर्तमान समस्याको दीर्घकालीन समाधान नभएको जिकिर गरे। उनले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो भनेर व्याख्यासमेत गरे। ‘कपितयले संघीयतालाई खारेज गर्‍यो भने समस्याको समाधान हुन्छ भन्ने गरेका छन्। तर, त्यसो होइन,’ उनले भने, ‘संघीयतालाई खारेज गरेर अर्थतन्त्र सुधार हुन्छ भन्नु गलत हो।’

संघीयताकै कारण सरकार खोज्न काठमाडौं जानुपर्छ भन्ने मानसिकतासमेत अन्त्य भएको दाबी गरे। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.