समुदायमा कांग्रेस अभियान

समुदायमा कांग्रेस अभियान
सुन्नुहोस्

काठमाडौं : कांग्रेसले माघ १३ देखि २६ सम्म समुदायमा कांग्रेस अभियान चलाउने भएको छ । जनताको तीनै तहका सरकारसँगका गुनासा, सुझाव, अपेक्षा सुन्ने उद्देश्यले अभियान चलाउन लागेको कांग्रेसले जनाएको छ । 

पार्टीको केन्द्रीय कार्यसमितिले यसअघि भदौ १० देखि २४ गतेसम्मका लागि यो कार्यक्रम तय गरेको थियो । त्यतिबेला बर्खाका कारण सबै स्थानमा पुग्न समस्या हुने भन्दै कार्यक्रम सारेको थियो । त्यसपछि कांग्रेसले पुस १६ गतेदेखि माघ १६ गतेसम्मको मिति तोकेको थियो । 

अभियान प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी सँगै पार्टीका अन्य नेताले अभियानको प्रादेशिक समन्वय, अनुगमन र संयोजन गर्ने भएका छन्  । संविधानको भावनाअनुसार समुदायबीचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी ‘जनसंवाद र छलफल’ गर्ने तयारी भएको प्रचारविभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

उनले केन्द्रीय सदस्य, प्रत्येक प्रदेशका एक–एक जना उपसभापति र महामन्त्री उक्त अभियानमा रहने जानकारी दिए । प्रदेश सभापतिले सबै अभियानको समन्वय गर्ने कार्यतालिका तय भएको छ । ७७ वटै जिल्लामा अभियानको संयोजन र सहजीकरण गर्न केन्द्रीय प्रतिनिधि रहने कांग्रेसले जारी गरेको परिपत्रमा उल्लेख छ । केन्द्रीय प्रतिनिधिले नै जिल्लाभित्रका सबै स्थानीय तहसँग समन्वय गरी अभियान अवधिभर जिल्लामा रही जिल्लामा हुने सबै कामको इन्चार्जका रूपमा काम गर्नुपर्ने उल्लेख छ ।

अभियानको उद्देश्य जनताका गुनासा सुन्ने र सल्लाह र सुझाव समेट्ने रहेको छ।
मीन विश्वकर्मा, प्रचार विभाग प्रमुख, नेपाली कांग्रेस

विश्वकर्माका अनुसार माघ १३ र १४ गतेसम्म सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्ने बताए । उनका अनुसार केन्द्रीय प्रतिनिधि जिल्ला पुगेर कार्यसमितिको विस्तारित बैठक अभियानको उद्देश्यका बारेमा जानकारी दिने र प्रत्येक वडाका लागि प्रतिनिधि खटाउने, अभिमुखीकरण दिने, कार्यक्रम र कार्यतालिका तय गर्नेछन् ।

माघ १५ गते सम्बन्धित वडा कार्यसमितिको बैठक राख्नुपर्ने र १६ गते सहिद दिवसको दिन ६ हजार ७ सय ४३ वटै वडामा समुदायमा कांग्रेस अभियानको प्रारम्भ हुने भनिएको छ । १६ देखि २४ सम्म वडा तहमा समुदायमा कांग्रेस अभियानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका छ । २६ गते सुशील कोइराला स्मृति दिवसका दिन सबै जिल्लामा अभियानको पहिलो चरणको अभियान सकिने बताइएको छ । महासमितिको बैठकपछि दोस्रो चरणको अभियान लैजाने कांग्रेसको तयारी छ ।

  • जनताबाट प्राप्त सुझावलाई तत्–तत् तहका सरकारमा पुर्‍याउने, सरकारमा रहेका ठाउँमा कार्यक्रममा समावेश गरी कार्यान्वयनमा अग्रसरता लिने । पार्टी प्रतिपक्षमा रहेका ठाउँमा पार्टीको तर्फबाट समाधानका लागि पहलकदमी लिने । 
  • स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र अभ्यासको अवलोकन गर्ने ।
  • असल अभ्यास सिक्ने । राम्रा पक्षको ग्रहण र सुधार गर्नुपर्ने विषयमा नीतिगत रूपमा पहलकदमी लिने । 
  • जनताबाट आएका सुझावको संकलन र विश्लेषण गरी स्थानीय स्तरबाट टुंग्याउन सकिने विषयको सम्बोधनका लागि पार्टीको तर्फबाट पहलकदमी लिने/सुनिश्चित गर्ने । सरकारसँग समन्वय गर्ने । पार्टीको नीति निर्माणमा नीतिगत मार्गदर्शनका रूपमा लिने ।
  • जनताका सुझाव बमोजिम स्थानीय स्तरमा गर्नुपर्ने सुधार गर्ने, गराउने र अन्य पार्टीका नीति तथा कार्यक्रममा समावेश गर्ने विषयलाई अभिलेखिकरण गरी केन्द्रमा बुझाउने 

महामन्त्री थापाको संवाद यात्रा 

महामन्त्री गगन थापा मेची–महाकाली संवाद यात्रामा निस्कने भएका छन् । पार्टीका कार्यकर्ता र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । 

थापाले माघ १३ गतेदेखि झापाको भद्रपुरस्थित मेची पुलबाट संवाद यात्रा सुरु गर्ने बताए । संवाद यात्रामा जनताका कुरा मात्र सुन्ने, आफ्ना कुरा भन्ने तयारी थापाले गरेका छन् ।  

पार्टीले माघ १२ गतेदेखि २६ गतेसम्म गर्ने ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम तय भएको छ । यात्रा २६ गतेसम्म हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.