राष्ट्रियसभा निर्वाचन : कोशीमा मतदान जारी

राष्ट्रियसभा निर्वाचन : कोशीमा मतदान जारी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशमा मतदान धमाधम जारी छ । बिहीबार बिहान ९ बजेदेखि निर्वाचन अधिकृतको कार्यालयमा मतदात सुरु भएको हो । महिलातर्फ कांग्रेसकी प्रदेशसभा सदस्य लखीकुमारी गणेश र पुरुषतर्फ कांग्रेसकै हिमाल कार्कीले मत दिँदै मतदान प्रक्रिया थालेका थिए ।

मतदान दिउँसो ३ बजेसम्म हुनेछ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान भएको हो । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

निर्वाचनमा प्रदेश सभा सदस्य,गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेकामध्ये कोशीमा कुल ३६७ मतदाता छन् । मतदान सकिएलगत्तै आजै मतगणना सुरु हुनेछ । 

आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् ।

कोशीमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ । सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग नेकपा एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८,कांग्रेसको ३६८४,माओवादी केन्द्रको १२७८,राप्रपाको ३९४,नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ । सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४६४२ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.