सुदूरपश्चिममा धनगढीका मेयर र भजनीका उपमेयरले दिएनन् मत

सुदूरपश्चिममा धनगढीका मेयर र भजनीका उपमेयरले दिएनन् मत
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिममा राष्ट्रियसभाको मतदान सकिएको छ। सुदूरपश्चिम निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ३ बजे मतदान सकिएको हो। 

प्रदेशसभातर्फ ५२ मत खसेका छन् भने स्थानीय तहका प्रमुख/उपप्रमुखतर्फ १७३ अथवा ३ मत कम खसेका छन्। ५३ सदस्यीय प्रदेश सभामा बझाङबाट सदस्य पृथ्बी बहादुर सिंहको दुर्घटनामा निधन भएकाले ५२ मतमात्रै खसेका हुन्। 

८८ वटा स्थानीय निकायतर्फ धनगढीका मेयर गोपाल हमाल, भजनी नगरपालिकाका उपमेयर राजु तिरुवाले मतदान गरेनन्। त्यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो। 

धनगढीका मेयर गोपाल हमाल स्वतन्त्र जितेका हुन् भने भजनी नगरपालिकाका उपमेयर नागरिक उन्मुक्ति पार्टीबाट जितेकी हुन्। निधन भएकी स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशी कांग्रेसबाट जितेकी थिइन्।

प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले केहीबेरमा मतगणना सुरु हुने र आजै परिणाम आउने बताए। उनले विजेतालाई आजै राष्ट्रियसभा सदस्यको प्रमाणपत्र दिने तयारी गरिएको बताए।

गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपांग तथा अल्पसंख्यक क्लस्टरमा कांग्रेसकै  नारायणदत्त भट्ट र महिला क्लस्टरमा माओवादी केन्द्रबाट रेणु चन्द उम्मेदवार छन्। एमालेले भने अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार बनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.