खगराज भट्ट हटाएर मानबहादुर धामी नेता चयन

नेकपा माओवादी केन्द्रले गर्‍यो सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन

नेकपा माओवादी केन्द्रले गर्‍यो सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन
सुन्नुहोस्

धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन गरेको छ । आज प्रदेश सभा सचिवालयमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले खगराज भट्टलाई परिवर्तन गरेर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको हो ।

बहुमत सदस्यहरुले नेता परिवर्तन गरी सभामुख भीम बहादुर भण्डारीलाई जानकारी गराई सकिएको प्रदेश सभा सदस्य शिवसिह ओलीले बताए । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश सभामा सभामुखसहित ११ सदस्य छन् । 

आज बसेका संसदीय दलको बैठकमा बहुमत सदस्य अथवा ६ जनाले दलको नेता परिवर्तन गरेका हुन् । बैठकमा प्रदेश सभा सदसस्यहरु मानबहादुर धामी,अक्कल रावल, शिवसिह ओली, ओमविक्रम भाट (सरल), लक्ष्मी विक र गीता मालको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.