कर्णाली प्रदेश सरकारको एक वर्ष, विपक्षी दलका नेता भन्छन्- सरकारको पक्षमा एक जना पनि समर्थक छैन

कर्णाली प्रदेश सरकारको एक वर्ष, विपक्षी दलका नेता भन्छन्- सरकारको पक्षमा एक जना पनि समर्थक छैन
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कंडेलले वर्तमान सरकार पूर्णरूपमा असफल भएको बताएका छन्। उनले प्रदेश सरकारले आफ्नो एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताए। 

'प्रदेश सरकार गठन भएको एक वर्ष बित्यो। देखिने एउटा पनि काम गरेको छैन। संसदको प्रतिपक्ष दलले रचनात्मक भूमिका खेलिरहेको छ। सरकारलाई सहयोग गरेको छ। तर, सरकार जनताका सबालभन्दा पनि नीति छलेर बेथितिमा लागिरहेको छ। यसले समग्र व्यवस्था र जनप्रतिनिधिहरूमाथि नै प्रश्न उठ्ने वातावरण बनेको छ,' सञ्चारकर्मीसँग उनले भने।

उनले प्रदेश सरकारले सार्वजानिक ठाँउमा एक जना पनि समर्थक नपाउने अवस्था आएको बताए। 'सरकारको पक्षमा अहिले सार्वजानिक ठाँउमा एक जना पनि समर्थक छैन। सरकारमा रहेका दलका बैठकमा पनि सरकारविरुद्ध आवाज उठिरहेको छ। तर सरकारमा रहेका मान्छेहरू चुपचाप बसिरहेका छन्। उनीहरूलाई काम र जनजीविकाका सबालका विषयमा गम्भीर्यता छैन,' उनले भने।

उनले गत जाजरकोट र रुकुम पश्चिममा गएको बिनासकारी भूकम्पबाट प्रभावित नागरिकलाई प्रभावकारीरूपमा प्रदेश सरकारले राहत र पुनःस्थापना दिन नसकेको आरोप लगाए। उनले भने, 'पीडितको घाउमा मलम लगाउने समयमा सरकारले लापरबाही गरिरहेको छ। पीडितले राहत र क्षतिपूर्ति कहिले पाउने हो?,' उनले प्रश्न गरे। उनले तत्काल प्रदेशसभा अधिवेशन बोलाउन माग गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.