आयल निगमको लापरवाही : विद्यालय गएका विद्यार्थीको रडमा छेडिएर मृत्यु

आयल निगमको लापरवाही : विद्यालय गएका विद्यार्थीको रडमा छेडिएर मृत्यु
घटनास्थल। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमरा :  बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्कीको घटनास्थलमै ज्यान गएको हो । 

घरबाट विद्यालयका लागि निस्किएका लक्की पोलमा भर्‍याङ बनाउन राखिएको रडमा छेडिन पुगेका थिए । रडले लक्कीको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  

लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनी विद्यालयको पोशाक लगाएर आयल निगम अगाडि रहेको पार्किङस्थलतर्फ जाँदै थिए । उक्त पार्किङ स्थलमा उनकी आमा बिमला गोलेले ठेला राखेर चिया र खाजाको पसल सञ्चालन गर्दै आएकी थिइन् । लक्की पार्किङ स्थलमै खाना खाएर विद्यालयका लागि बस चढ्ने गरेका थिए । सधैझैं पार्किङ स्थलतर्फ हिँडेका लक्कीको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो । 

आयल निगमले कार्यालयबाट कर्मचारी निवासतर्फ विद्युतिकरणका लागि करिब तीन वर्ष अगाडि उक्त पोल राखेको थियो । पोलमा चढ्नका लागि रडको भर्याङ बनाइएको थियो । विद्युतिकरणको काम सम्पन्न भएपछि कार्यालयले उक्त रड निकाल्न वेवास्था गर्दा घटना हुन पुगेको हो ।

अमलेखगञ्जका स्थानीयले आयल निगमको चरम लापरवाहीका कारण बालकले ज्यान गुमाउनुपरेको भन्दै आक्रोश पोखेका छन् । जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले निगमको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै घटनाको जिम्मेवारी निगमले लिनुपर्ने बताए । 

वडाध्यक्ष श्रेष्ठले पीडित परिवारलाई निगमले उचित क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् । गोलेको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.