नेपाल वायुुसेवा निगममा उपाध्यक्ष किन ?

नेपाल वायुुसेवा निगममा उपाध्यक्ष किन ?

काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल वायुुसेवा निगममा उपाध्यक्ष नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले निगमका सञ्चालक समिति सदस्य विक्रम राइलाई उपाध्यक्षमा नियुक्त गरेको हो। पर्यटनमन्त्री सुदन किरातीको सिफारिसमा राईलाई निगम उपाध्यक्षमा नियुक्त गरिएको बताइएको छ। मन्त्री किरातीले नै राईलाई निगम सञ्चालक समितिमा सदस्य बनाएका थिए। पर्यटन व्यवसायी राई कलेज सञ्चालक पनि हुन्।

निगम सञ्चालनको करिब ६५ वर्षको इतिहासमा पहिलोपटक उपाध्यक्षको व्यवस्था गरिएको छ। यो नियुक्ति कार्यकारीको भए/नभएको भने खुलाइएको छैन। नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा ४ को व्यवस्थाअनुसार उपाध्यक्ष ल्याइएको हो। ‘सञ्चालकहरू मध्येबाट नेपाल सरकारले समितिको अध्यक्ष र उपाध्यक्ष नियुक्त गर्न सक्नेछ। अध्यक्ष र उपाध्यक्षको हैसियतमा निजहरूको कार्यवधि नेपाल सरकारको इच्छाअनुसार हुनेछ।’ भनि व्यवस्था गरिएको छ। सोही ऐनलाई नै टेकेर निगममा उपाध्यक्ष नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ। 

दफा ४ को उपदफा ५ ले सरकारले चाहेमा उपाध्यक्षलाई पनि कार्यकारीको अधिकार सुम्पिन सक्ने उल्लेख छ। अहिले निगमका कार्यकारी अध्यक्षमा युवराज अधिकारी छन्।  निगम र अधिकारीको समर्थनमा रहेका किराती पछिल्लो समयमा भने उनीसँग रुष्ट देखिन्छन्। 

अहिलेको व्यवस्थापन मात्रै निगमलाई अघि बढाउन पर्याप्त नभएको देखिएकोले उपाध्यक्ष ल्याएर सुधार गर्न खोजिएको मन्त्रालय स्रोत बताउँछ। कार्यकारी अध्यक्ष हुँदाहुँदै उपाध्यक्षको व्यवस्था गर्नुको औचित्यता नदेखिने निगम स्रोत बताउँछ। ‘अब अध्यक्ष र उपाध्यक्ष भएपछि २ व्यवस्थापन हुन्छ। यसले झन् टकराव ल्याउँछ।’ स्रोतको भनाइ छ। 

यसअघि पनि निगममा कार्यकारी महाप्रबन्धक र अध्यक्ष नियुक्त भएका छन्। तर, ती, कार्यकालहरू फलदायी देखिँदैनन्। २०६७ सालतिर वरिष्ठ पाइलट केबी लिम्बु महाप्रबन्धक हुँदाहुँदै सुगरत्न कंसकार कार्यकारी अध्यक्षको जिम्मा दिइएको थियो। उक्त समयमा अध्यक्ष र महाप्रबन्धकबीच एकअर्काको विरुद्धमा अदालत जाँदा नै समय सकिएको थियो। पछि कंसाकार महाप्रबन्धक हुँदा मदन खरेललाई अध्यक्षको जिम्मा दिइयो। यसमा कंसकारले नै राजीनामा दिएर बाहिरिएका थिए। 

यस्तै, पछिल्लो समयमा डिमप्रसाद पौडेल महाप्रबन्धक हुँदाहुँदै युवराज अधिकारीलाई कार्यकारी अध्यक्षको जिम्मा दिइएको थियो। अहिले कार्यकारी अध्यक्ष अधिकारी हुँदै गर्दा राईलाई उपाध्यक्षमा नियुक्त गरिएको छ। 

निगममा २ वटा व्यवस्थापन कहिल्यै पनि जरुरी नहुने एक पूर्वमहाप्रबन्धक बताउँछन्। एउटा जंगलमा २ वटा बाघ कसरी बस्छ र भन्दै ती महाप्रबन्धकले २ कार्यकारीले संस्था सुधार्नेभन्दा पनि बिगार्ने तर्क गर्छन्। सही ठाउँमा सही नियुक्त दिन चुक्दा निगम झन् धरासयी बन्दै गएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.