राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविलाई

तानसेन : तानसेन नगरपालिकाको टुँडिखेलमा सञ्चालन भएको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माध्यमिक विद्यालय जेभिटिले जितेको छ। जेभिटिलले ११ स्वर्ण, ९ रजत र ९ कास्य गरी २९ वटा पदकसहित उपाधि जितेको हो।  

१० स्वर्ण पदकसहित दमकडा नमुना माध्यमिक विद्यालय दोस्रो भएको छ। दमकडाले  १० स्वर्ण, ९ रजत र ९ कास्यसहित २८ पदक जितेको छ। उपाधि हात पार्नका लागि जनता र दमकडा बीच निकै कडा प्रतिस्पर्धा भएको थियो। 

सरस्वती माविले १० पदक हात पार्दै प्रतियोगितामा तेस्रो भएको छ।  सरस्वतीले १० स्वर्ण, ४ रजत र ५ कास्य पदक जितेको छ। प्रतियोगितामा तानसेन नगर भित्रका २७ वटा माध्यमिक विद्यालयका ६ सय २३ विद्यार्थीले ५ विधाका ५३ खेलमा ३ सय ८० पदकका लागि प्रतिस्पर्धा गरेका थिए। 

१० वटै पालिकामा रनिङ शिल्ड प्रतियोगिता सकिएकाले यही माघ २३ गतेदेखि तानसेनको टुँडिखेलमा पाँचौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.