सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, पहिरोमा परी एक घाइते

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, पहिरोमा परी एक घाइते
सुन्नुहोस्

सङ्खुवासभा : सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथांका सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ। मकालु-३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो।

मकालु-३  नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए।

आज बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताए। 

पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटसमेत पुरिएको छ। उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिहेको छ। अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर कोइरालाले बताए। 

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.