सर्लाहीमा सवारी दुर्घटना, नापी कार्यालयका प्रमुखसहित ११ जना घाइते

सर्लाहीमा सवारी दुर्घटना, नापी कार्यालयका प्रमुखसहित ११ जना घाइते
सुन्नुहोस्

मलङ्गवा : सर्लाहीको मलङ्गवा नगरपालिका-११ गम्हरिया स्थित मलङ्गवा नवलपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा नापी कार्यालय प्रमुखसहित ११ जना घाइते भएका छन्। ४ जनाको अवस्था गम्भीर रहेको छ ।

मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको उखु बोकेका ज २ त १०६७ नम्बरको ट्याक्टरमा सोही दिशाबाट जाँदै गरेको बी आर ०६ पी डी ९६४८ नम्बरको सफारीले ठक्कर दिंदा दुर्घटना भएको हो । घाइते सबैजना सफारीमा सवार थिए । 

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा नापी कार्यालय प्रमुख ४५ वर्षीय संजय मान्नधर, ३० वर्षीय बैजु यादव, अन्दाजी ५३ वर्षीय बिनोद घिमिरे र ३५ वर्षीय रामलाल साह रहेका छन्। त्यस्तै २४ वर्षीय संजित यादव, ३० वर्षीय रिटेन यादव, ५० वर्षीय बैधनाथ पटेल, ३४ वर्षीय रामबाबु यादव, २९ वर्षीय दिपेन्द्र यादव, २४ वर्षीय सहिद अनवर र २५ वर्षीय अजय यादव घाइते भएका छन्। 

रिटेन यादव बाहेक सबै घाइतेहरुलाई प्रदेशिक अस्पताल मलङ्वामा समान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्ज  पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सवारीसाधन अहिले घटनास्थलमै रहेको छ । ट्याक्टर चालक फरार रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.