सर्लाहीमा दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु

सर्लाहीमा दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

मलङ्गवा : सर्लाहीको मलङ्गवा नगरपालिका वडा न ११ गम्हरिया स्थित मलङ्गवा नवलपुर सडक खण्डमा सोमबार राती सवारी दुर्घटनामा परी घाइते भएका ११ जनामध्ये एकजनाको मृत्यु भएको छ । अन्य ३ जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कार्यालय सहयोगी बिनोद घिमिरे रहेका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पन्जियारले जानकारी दिए। मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको उखु बोकेका ज.२ त १०६७ नम्बरको ट्याक्टरमा सोही दिशाबाट जाँदै गरेको बी आर ०६ पी डी ९६४८ नम्बरको सफारीले ठक्कर दिंदा दुर्घटना भएको हो । घाइते सबैजना सफारीमा सवार थिए । 

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा नापी कार्यालय प्रमुख ४५ वर्षीय संजय मान्नधर, ३० वर्षीय बैजु यादव र ३५ वर्षीय रामलाल साह रहेका छन्। घाइतेहरुमा २४ वर्षीय संजित यादव, ३० वर्षीय रिटेन यादव, ५० वर्षीय बैधनाथ पटेल, ३४ वर्षीय रामबाबु यादव, २९ वर्षीय दिपेन्द्र यादव, २४ वर्षीय सहिद अनवर र २५ वर्षीय अजय यादव रहेका छन्। 

रिटेन यादवबाहेक सबै घाइतेहरुलाई प्रदेशिक अस्पताल मलङ्वामा समान्य उपचार पश्चात् थप उपचारका लागि बीरगन्जतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सवारी साधन अहिले घटना स्थलमै रहेको छ । ट्याक्टर चालक फरार रहेका छ्न्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.