आफूलाई परिवर्तन गर्न नसक्ने नेता एमालेमा टिक्दैन : उपमहासचिव ज्ञवाली

आफूलाई परिवर्तन गर्न नसक्ने नेता एमालेमा टिक्दैन : उपमहासचिव ज्ञवाली

तानसेन : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार परिवर्तन हुन नसक्ने नेताले एमालेमा राजनीति गर्न नसक्ने बताएका छन्। प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पुरानो सोंचका आधारमा अब एमालेमा नेता बन्नसक्ने अवस्था नभएको बताए। समयअनुसार परिवर्तन हुनेगरी नेताहरूले आ-आफ्नो क्षमताको विकास गर्नुपर्ने उनको भनाइ छ। 

मुलुक परिवर्तन गर्ने एकमात्र पार्टी एमाले भएकाले पार्टीसँगै नेता पनि आधुनिक जमाना अनुसारको हुनुपर्ने, सामाजिक सञ्जाल, अनलाइनको विषयमा जानकार भई अध्ययनशील हुनुपर्ने उपमहासचिव ज्ञवालीले कार्यकर्ताहरूलाई प्रशिक्षणमा जोड दिए। 

'पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको छ। यिनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउन थालेका छन्। अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेकाले समय सापेक्ष बन्न नसके अब जनताले विश्वास गर्दैन,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.