एमालेको एकल बहुमत नआएसम्म मुलुकको परिवर्तन सम्भव छैन : महासचिव पोखरेल

एमालेको एकल बहुमत नआएसम्म मुलुकको परिवर्तन सम्भव छैन : महासचिव पोखरेल
सुन्नुहोस्

तानसेन : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई बन्धक बनाउने र जसरी पनि सत्तामा टिकिरहने गरी कांग्रेस-माओवादीले गठवन्धन गरेको आरोप लगाएका छन्। 

पाल्पामा आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले यस्तो अपवित्र गठबन्धन दुनियाँमा कहीँ नभएको बताए। 'चुनावमै गठबन्धन गरेर जानु भनेको मुलुकलाई बन्धक बनाएर जसरी पनि सत्तामा टिकिरहने र मुलुकलाई तहसनहस बनाउनु हो,' उनले भने। 

कांग्रेसले सधैं आन्दोलनको नेतृत्व गरे पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसकेको उनको आरोप थियो। उनले २००७ साल, २०४६ साल, २०६२ सालमा ठूल्ठूला क्रान्ति भए पनि कांग्रेस नेतृत्वदायी भूमिकाबाट चुकेको बताए।

देशमा परिवर्तन ल्याउन, युवाहरूलाई स्वदेशमा रोजगारी दिलाउन, हालसम्मका प्राप्त उपलब्धिलाई संस्थागत गर्न एमालेलाई जनताले एकल बहुमत दिनुपर्ने महासचिव पोखरेलले बताए। एमालेले बहुमत नल्याएसम्म मुलुकको परिवर्तन सम्भव नभएको उनको भनाइ छ। 

'अन्य दलभन्दा एमालेका जनप्रतिनिधिहरूले फरक काम गर्नुपर्छ। जनताको हितमा हुनेगरी जनजीविकासँग जोडेर कार्यक्रम सञ्चालन गर्नुपर्छ,' उनले आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.