महोत्तरी पुग्यो मिटरब्याजविरुद्धको न्याय मार्च

महोत्तरी पुग्यो मिटरब्याजविरुद्धको न्याय मार्च
सुन्नुहोस्

ढल्केवर : गत माघ १६ गते काकडभिट्टास्थित मेचीपुलबाट सुरु भएको मिटरब्याजविरुद्धको न्याय मार्च महोत्तरी पुगेको छ। यात्राको ९औं दिन बुधवार न्याय मार्च महोत्तरीको बर्दिवास पुगेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर-संघर्ष समितिका अध्यक्ष अवधेश कुश्वाहाले जानकारी दिए।

उनका अनुसार न्याय मार्च बिहीबार बिहान बर्दिवासबाट अघि बढ्ने छ। समितिले सरकार समक्ष ६ बुँदे माग अघि सार्दै न्याय मार्च सुरु गरेको हो। मेची र महाकालीबाट एकैसाथ मिटरब्याजविरुद्ध सुरु भएको न्याय मार्च चितवनमा मिलेर काठमाडौंका लागि अघि बढ्ने अध्यक्ष कुश्वाहाले बताए।

उनले भने, ‘मेची र महाकालीबाट एकैसाथ मिटरब्याजविरुद्ध न्याय मार्च सुरु भएको छ। हाम्रो मिलन चितवनमा हुनेछ। त्यहाँबाट हामी काठमाडौं लाग्नेछौं। राजधानीमा शसक्त आन्दोलन हुन्छ। सरकारलाई माग पूरा गर्न बाध्य बनाउँछौं।’

मिटरब्याजविरुद्धको न्याय मार्चमा झापादेखि सर्लाहीसम्मका पीडितहरू सहभागी रहेको संघर्ष समितिका अध्यक्ष कुश्वाहाले बताए। उनका अनुसार जिल्ला जिल्लाबाट पीडितहरु सहभागी हुने क्रम बढीरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.