टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस सार्वजनिक
काठमाडौं : नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले शुक्रबार हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक नेपालमा सार्वजनिक गरेको छ।
यो नयाँ यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ। यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्च को टायर पाउन सकिन्छ।
टोयोटाले नयाँ यारिस क्रसमा अटोमेटिक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ। पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिएको छ।
हाइब्रिड पावरट्रेन भएकाले यसमा इलेक्ट्रीक मोटर र ४.३ एम्पीयर आवरको ब्याट्री प्याक पाउन सकिन्छ। रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिने कम्पनीले जनाएको छ।
यसको डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन रहेको छ र ग्राउन्ड क्लियारेन्स भने २१० मिमी रहेको छ। यसको ब्याट्री प्रकार लिथियम-आयोन हो भने यो मोडलमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड पनि पाइने छ।
यो मोडलमा ८ वे पावर इलेक्ट्रिक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, एपल कारप्ले, अन्द्रोइड अटो र किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ। सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी-लक ब्रेकिङ सिस्टम, इमरजिनसि स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सर, जस्ता आधुनिक फिचर रहेको छ।
यसको आधिकारिक मूल्य नेपाली बजारमा मूल्य १ करोड २२ लाख रहेको छ।