ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले लगाइदिए ट्रकमा आगो

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले लगाइदिए ट्रकमा आगो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९: ४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ । 

गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । 

दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

दुर्घटनापछि केहीबेर कोशी लोकमार्ग अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी छेदीलाल कामती,वडा प्रहरी कार्यालयबाट डीएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट इन्सपेक्टर सुमन न्यौपानेको नेतृत्वमा खटिएको संयुक्त टोलीले लोकमार्ग खुलाएको छ । अहिले लोकमार्ग सुचारु रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.