राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुरामलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुरामलाई
सुन्नुहोस्

डडेलधुरा : डडेलधुरामा सञ्चालित १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुराम नगरपालिकाले हात पारेको छ। 

अमरगढी नगरपालिका–४ टुँडिखेलमा आइतबार सम्पन्न प्रतियोगितामा २० स्वर्ण, १२ रजत र ७ कास्यसहित परशुरामले शिल्ड जितेको खेलकुद विकास समितिले जनाएको छ। १३औं शिल्ड पनि परशुरामले जितेको थियो।

प्रतियोगितामा दोस्रो बनेको अमरगढीले १९ स्वर्ण, ७ रजत र १७ कास्य पदक जितेको छ। अजयमेरु गाउँपालिकाले ८ स्वर्ण, १७ रजत र ११ कास्य जितेको छ। प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.