रुपन्देहीमा ‘एएनपीआर’ प्रणाली जडान

रुपन्देहीमा ‘एएनपीआर’ प्रणाली जडान
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यालयले मुख्य बजार क्षेत्र धकधईमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरेको छ।

भैरहवा–परासी सडकखण्डअन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरूको प्रविधिको माध्यमले निगरानी र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले एएनपीआर प्रणाली जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए। जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवतजावत हुने सवारीसाधनको फोटो र भिडियो तथ्यांकका रुपमा सर्भरमा सेभ गर्ने गर्दछ।

इलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान गरिएको अध्यक्ष यादवले बताए। ‘रोहिणी गाउँपालिका औद्योगिक क्षेत्र पनि हो। सम्भावित घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो प्रणाली महत्वपूर्ण छ,’ उनले भने, त्यसैले हामीले यो प्रणाली जडान गरेका हौँ।’ 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.