सुनसरीबाट १ करोड ८२ लाखभन्दा बढी नक्कली नोट बरामद, भारतीय नागरिक पक्राउ

सुनसरीबाट १ करोड ८२ लाखभन्दा बढी नक्कली नोट बरामद, भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

विराटनगर : सुनसरीबाट ठूलो परिणाममा नक्कली नोट बरामद भएको छ। प्रहरीले नेपाली १ करोड ८२ लाख ५१ हजार रूपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो। 

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक आइतबार एउटा भारतीय स्कोरपियो गाडीलाई रोकेको थियो। शंकास्पद अवस्थाको बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेर खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। 

null

उनका अनुसार स्कोरपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा १ हजार दरका नक्कली नोटहरु बरामद गरिएको हो। स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पक्राउ परेका छन्। प्रहरीले रोक्नसाथ गाडीभित्र रहेका अर्का एक व्यक्ति फरार बनेका थिए। फरार रहेका व्यक्तिको खोजी जारी राखिएको एसपी रेग्मीले बताए। 

बरामद भएको रकम, स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनको भनाइ छ। उनका अनुसार भारतबाटै ठूलो परिणाममा नक्कली नोट छापेर नेपाल भित्र्याइएको हुनसक्ने अनुमान गरिएको छ। सुनसरी प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर यस विषयमा विस्तृत जानकारी दिने तयारी गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.