मोरङमा आगलागी, ८० लाख बढीको क्षति

मोरङमा आगलागी, ८० लाख बढीको क्षति
सुन्नुहोस्

विराटनगर : मोरङका अलगअलग स्थानमा सोमबार राति आगलागी हुँदा ८० लाखभन्दा बढीको क्षति भएको छ। सुनवर्षी र कानेपोखरीका दुईवटा घरमा आगलागी भएको हो। 

सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा राति ८:३० बजेतिर आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ। आगोले घरसहित घरमा रहेको ३ लाख नगद, ४ तोला सुन, अन्नपात, लत्ताकपडा, फर्निचरका सामानलगायत जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। आगोले २ तले पक्की घर पूर्णरूपमा जलेको छ। 

घटनामा मानवीय र चौपाया क्षति भने भएन। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

त्यस्तै, कानेपोखरी गाउँपालिका–२ बहत्तरबिघेस्थित अर्जुन विष्टको घरमा राति ११:५५ बजेतिर आगलागी भएको छ। आगोले ४ कोठे पक्की घरसहित लत्ताकपडा, काठपात, ६ तोला सुन, १८ हजार नगद, ६५ मन धान, ग्वाली, एउटा खसी र ६ वटा बाख्रा जलेको छ। 

आगालागीमा ३१ लाख १८ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगलागीमा २० लाख बराबरको घर, ७ लाखको सुन, १ लाखको धान, ३ लाखको ग्वाली तथा ३० हजार बराबरको खसीबाख्रा जलेको पाइएको छ। 

प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.