ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकाल दोषी ठहर
काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकाल दोषी ठहर भएका छन्। ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको भन्दै सुवेदी र ढकालसहितका कर्मचारीहरूलाई विशेष अदालतले दोषी ठहर गरेको हो।
विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो।