गोली लागेकी महिला प्रहरीको मृत्यु, हत्या आरोपमा श्रीमान् पक्राउ (अपडेट)

गोली लागेकी महिला प्रहरीको मृत्यु, हत्या आरोपमा श्रीमान् पक्राउ (अपडेट)

दाङ : दाङमा गोली हानेर महिला प्रहरीको  हत्या भएको छ। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहरी हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  

उनका श्रीमानले घोराहीको दामोदर चोकमा ड्युटीमा रहेको अवस्थामा गोली चलाएका थिए। गोली हानेर भाग्दै गरेका झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको दाङ प्रहरी प्रमुख राम बहदुर केसीले जानकारी दिए। 

झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत  प्रहरी रहेको बुझिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.