प्रतिनिधिसभा बैठक

भौतिक मन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

भौतिक मन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं : नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारवाही गर्न माग  गरेको छ।  ललितपुरको बालकुमारीमा दुईजनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धा गर्न गठित जाँचबुझ आयोगले भौतिक मन्त्रीकै कमजोरीका कारण घटना घटेको निष्कर्ष निकाल्दा पनि कारवाही नगरेको भन्दै एमालेले मन्त्री ज्वालालाई तत्काल बर्खास्त गरेर कारवाही गर्न माग गरेको हो।

आइतबार प्रतिनिधिसभा बैठकमा बोस्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीका कारण उक्त घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा एक मिनेट पनि मन्त्रीलाई पदमा बसिरहन नैतिकताले नदिने बताए।

सरकारले बनाएको आयोगले दोषी ठानेका मन्त्रीहरूलाई जिम्मेवारीमा राखेर विधिको शासन सुशासन अघि बढाउन नसकिने उनको भनाइ छ।

'बाललकुमारी घटनाको सरकारी प्रतिवेदनले  भौतिक मन्त्रीकै लापरवाहीले उक्त घटना घटेको निष्कर्श निकाल्दासम्म कारवाही गरिएको छैन। हामीले मन्त्रीलाई बरखास्त गरेको सूचना पाएका छैनौं। सिपाहीहरूलाई कारवाही डण्डा,मन्त्रीहरूलाई झण्डा यो कुन खालको विधिको शासन हो,'उनले भने।

उनले भ्रष्टाचार मुद्धामा अख्तियारमा बयान दिने व्यक्ति समेत मन्त्रीको रुपमा सरकारमा बसिरहेको भन्दै प्रधानमन्त्रीको सुशासन अभियानलाई खिल्लि उडाएको तर्क गरे।

उनले घरेपटीको छोरालाई खुसी पार्न रामग्राम क्षेत्र निजी क्षेत्रलाई दिने निर्णय रोकिएपनि यसमा भ्रष्टाचारको आशंका रहेको जिकिर गरे।

 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.