प्रदेश निजामती सेवा नियमावली पारित

प्रदेश निजामती सेवा नियमावली पारित
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले नियमावली स्वीकृत गरेको हो।

प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषदले नियमावली स्वीकृत गरेको हो। ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याई कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुनहरू बनाउन सक्ने व्यवस्थाअनुसार नियमावली ल्याइएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए। 

केही समय अघि सरकार बने लगत्तै प्रदेश निजामती सेवा ऐन जारी भएको थियो। सोही आधारमा सरकारले नियमावली ल्याएको हो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारीहरूको व्यवस्थापन र वृद्धि विकासका लागि ऐन र नियमावली सरकारले ल्याएको बताए। उनले प्रदेशका निजामती कर्मचारीका लागि कानुन नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको बताए।

त्यसै गरेर ‘प्रदेशका आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय गरेको छ। सुशासन, विकास, समृद्धिको लागि आयोजना व्यवस्थापन र सार्वजनिक खर्च प्रणालीमा प्रभावकारिता ल्याउन बहुवर्षीय आयोजनाहरूको समुचित व्यवस्थापन गर्नु पर्ने भएकाले मापदण्ड स्वीकृत गरिएको प्रवक्ता पाण्डेयले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.