महासमिति बैठकअघि शेखरले गरे सुदूरपश्चिमका जिल्ला सभापतिसँग छलफल

महासमिति बैठकअघि शेखरले गरे सुदूरपश्चिमका जिल्ला सभापतिसँग छलफल
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमिति बैठकअघि  सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका छन्। महासमिति बैठक सोमबार दिउँसो १ बजेबाट ललितपुरको गोदाबरीमा सुरू हुँदैछ। बैठक सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

छलफलमा जिल्ला सभापतिहरू  पुष्प शाह, पदम बोगटी,चतुरबहादुर चन्द,भिम साउद, रामसिंह रावल, खड्ग बोहोरा, नरेन्द्रसिंह थापा र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू सहभागी थिए।

छलफलमा समसामयिक राजनीतिक विषय, महासमिति बैठकलगायत विषयमा छलफल भएको जनाइएको छ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेश गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

कोइराला महासमिति बैठकमा पार्टी उपसभापति  र महामन्त्रीहरूले पेश गर्ने राजनीतिक दस्तावेजसँग सन्तुष्ट छैनन्।

बैठकमा १६५ केन्द्रीय सदस्य,हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०,जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुने जनाइएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.