कांग्रेस महासमिति बैठकको बन्द सत्र सुरू

कांग्रेस महासमिति बैठकको बन्द सत्र सुरू
सुन्नुहोस्

काठमाडौं :  नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र सुरू भएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिनेछन्।

बन्द सत्रमा  उपसभापति पूर्णबहादुर खड्काले नीति,महामन्त्री गगन थापाले साङ्गठनिक,अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा.प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

अहिले उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव बाचन गरिरहेका छन् । राजनीतिक स्थायीत्व,रुपान्तरण र नविनता,स्वतन्त्रता न्याय र समानता भन्ने मूल नाराका साथ सुरू हुने महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

आजदेखि महासमिति बैठकमा विभिन्न समूहमा रहेर पार्टीका विभिन्न प्रस्तावहरूमाथि छलफल हुनेछन्। प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने कांग्रेसले जनाएको छ।

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.