हिन्दु राज्यको बहसले पाउला त महासमितिको बन्दसत्रमा प्रवेश ?

हिन्दु राज्यको बहसले पाउला त महासमितिको बन्दसत्रमा प्रवेश ?
तस्बिर : रासस
सुन्नुहोस्

काठमाडौं : कांग्रेसमा हिन्दु राज्यका पक्षमा गरिएको हस्ताक्षर अभियानको विषयले महासमिति बैठकको बन्द सत्रमा प्रवेश पाउँछ या पाउँदैन भन्ने चासो देखिएको छ। अघिल्लो महासमिति बैठकमा आधाभन्दा बढी सदस्यले हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर बुझाए। तर, न महासमितिमा छलफल भयो न पार्टीको औपचारिक अन्य फोरममा। 

कांग्रेसमा हिन्दु राष्ट्रलाई एजेन्डा बनाउनुपर्ने दबाब बढ्दो देखिएको छ। महासमिति बैठकस्थलमा पनि सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानका लागि मंगलबार साँझसम्म झन्डै एक हजार प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

गोदावरीस्थित महासमिति बैठकस्थलको प्रवेशद्वार छेवैमा सातै प्रदेशअनुसार हस्ताक्षर संकलन कक्ष राखिएको छ। केन्द्रीय सदस्य र महासमिति सदस्य गरी करिब हजार जनाले हस्ताक्षर गरेको अभियानमा संलग्न नेताले बताएका छन्। 

सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा गत शनिबार उक्त महाअभियान घोषणा गरिएको थियो। केन्द्रीय कार्यसमिति बैठकमा सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै २२ सदस्यले नेतृत्वलाई हस्ताक्षर बुझाएका थिए। केही नेताले चर्चाका लागि सधैंजसो हस्ताक्षर अभियान चलाउने गरेको टिप्पणी चल्ने हुने गरेको छ। पार्टीभित्र हिन्दु बाहुल्य मतदाताको मत आपूmतिर तान्न यस्तो अभियान चलाइने गरिएको आरोप लाग्ने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.