प्रदीप पौडेलको पुरक प्रस्ताव : कांग्रेसलाई नेतातन्त्रबाट मुक्त गरौँ, पुनर्गठन गरौं (पूर्णपाठ)

सुशासन र सदाचारमा पार्टी नेतृत्वको प्रतिबद्धतामाथि जनताले प्रश्न र शंका गर्न थाले

प्रदीप पौडेलको पुरक प्रस्ताव : कांग्रेसलाई नेतातन्त्रबाट मुक्त गरौँ, पुनर्गठन गरौं (पूर्णपाठ)
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले महासमिति बैठकमा पेश भएका प्रतिवेदनमाथि पुरक प्रस्ताव राखेका छन्। सोमबारबाट गोदाबारीमा जारी महासमिति बैठकले थप सङ्कल्प लिनुपर्ने भन्दै उनले पुरक प्रस्ताव पेश गरेका हुन्। 

सुशासन र सदाचारमा पार्टी नेतृत्वको प्रतिबद्धतामाथि जनताले प्रश्नमात्र होइन, शंका गर्न थालेको उनको दाबी छ। ‘निर्वाचनमा निरन्तर हाम्रो मत प्रतिशत घटिरहेको छ। उपनिर्वाचनको परिणाम त अझ चिन्ताजनक छ। कार्यकर्ता र शुभेच्छुकको ठूलो पङ्क्तिले हामी माथि अविश्वास गर्न थालेको छ। यस्तो किन भइरहेको छ भने एकातिर हामीले हाम्रो नेतृत्वमा भएका परिवर्तनबाट मुलुकले प्राप्त गरेका आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि व्यवस्थित रुपमा जनतालाई बुझाउने सङ्गठित प्रयत्न नै गरेका छैनौं।’ पौडेलले भने, ‘अर्कातिर, सुशासन र सदाचारमा पार्टी नेतृत्वको प्रतिवद्धतामाथि जनताले प्रश्न मात्र होइन, शंका गर्न थालेका छन्। वैचारिक रुपमा ठीक ठाउँमा भए पनि सांगठनिक, कार्यक्रमिक, व्यवहारिक र नैतिक रुपमा हामी पार्टीलाई सुधार होइन, पुनर्गठन नै गर्नुपर्ने ठाउँमा छौं। त्यसका लागि यो बैठकमा मेरा केही पूरक प्रस्ताव छन् जसलाई मैले महासमितिले पार्टीलाई गर्नुपर्ने निर्देशका रुपमा लिपिबद्ध गरेको छु।’

पौडेलले भ्रष्टाचार पार्टी नभई केही सीमित नेताबाट भएकाले नेताको अपराधको कलङ्कको हिस्सेदार पार्टी नहुने बताए। ‘यो महासमिति बैठक आजसम्म पार्टीलाई अनियमितता र भ्रष्टाचारमा सार्वजनिक दोषारोपण गरिएका प्रकरणहरूमा निष्पक्ष व्यक्तिहरूलाई सहभागी गराएर पार्टी आफैले दबाबविहीन अनुसन्धान गर्न र त्यसको प्रतिवेदनसँगै स्वेतपत्र पनि जारी गर्न केन्द्रीय समितिलाई निर्देशन गर्दछ। त्यसमा जोसुकै दोषी देखिए पनि पार्टी आफैले राज्यका सम्बन्धित निकायमा छानबिन र कारवाहीका लागि सिफारिस गर्नुपर्नेछ।’उनले भने,‘भ्रष्टाचार भएको छ भने पनि पार्टी होइन, केही सीमित नेताबाट भएको छ। नैतिक निष्ठा र मूल्यको जीवन बाँचेको एउटा आम कांग्रेस सदस्य अब कुनै नेताको अपराधको कलङ्कको हिस्सेदार हुनेछैन।’

सम्पत्ति र स्रोतको स्वघोषणा गर्न नसक्ने सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था अब पार्टी विधानमै गर्नुपर्ने उनको माग छ। ‘यो महासमिति बैठक पार्टीलाई निर्देश गर्दछ, पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले एक महिनाभित्र आफ्नो सम्पति र त्यसको स्रोतको स्वघोषणा गर्नेछन्। र, राज्यका कुनै पनि अङ्गलाई कुनै पनि छानबिनका लागि स्वआमन्त्रण गर्नेछन्। सबै तहका पदाधिकारी र सदस्य हुँदै पार्टीका साधारण सदस्यले समेत आर्थिक पारदर्शिताको जीवन बाँच्नेछन्। सम्पत्ति र स्रोतको स्वघोषणा गर्न नसक्ने सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था अब पार्टी विधानमै गर्न यो बैठक पार्टीलाई निर्देश गर्दछ’पुरक प्रस्तावमा भनिएको छ।

नेपाली कांग्रेस केवल एउटा पार्टी मात्र होइन, नेपालको राजनीतिक इतिहासको सबैभन्दा ठुलो आन्दोलन भएको उनको भनाई छ।  पौडेलले भने, ‘यसमा लाखौ नेपाली नागरिकको रगत पसिना, त्याग र तपस्या रहेको छ। यो पार्टी लोकतन्त्रको मियो हो, जुन कमजोर हुँदा सधैँ लोकतन्त्र खतरामा परेको छ। केही नेतालाई खुशी पार्न वा रिझाउन यो महान् आन्दोलनमाथि अन्याय नगरौँ कांग्रेसलाई नेतातन्त्रबाट मुक्त गरौँ, पुनर्गठन गरौँ र एक्लै देशको नेतृत्व र कायापलट गर्न सक्ने ठाउँमा लैजाऔं।’ 

हेर्नुहोस् पूर्णपाठ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.