मोरङमा मोटरसाइकल दुर्घटना, पछाडि सवार युवकको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना, पछाडि सवार युवकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–१ मा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

पुष्पलाल चोकबाट मानगढतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ग्रामथान गाउँपालिका–१ का २४ वर्षीय शम्भु माझीको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए। 

उनका अनुसार गम्भीर घाइते भएका माझीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। दुर्घटनामा मोटरसाइकल चालक ग्रामथान–१ का २६ वर्षीय राहुल माझी घाइते भएका छन्। उनको कोशीमै  उपचार भइरहेको छ। 

मादक पदार्थ सेवन (मापसे) गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.