पाँच जनालाई पुर्पक्षका लागि सुधार गृह पठाइयो

पाँच जनालाई पुर्पक्षका लागि सुधार गृह पठाइयो
सुन्नुहोस्

बेनी : म्याग्दी जिल्ला अदालतले बेनीमा करिब एक महिनाअघि भएको हत्या घटनाका लागेका पाँच नाबालक आरोपीलाई पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको छ। रघुगंगा गाउँपालिका—१ बेग घर भई बेनी नगरपालिका— ८ पिपलचोक बस्ने २१ वर्षीय सुशील गर्बुजालाई गत माघ ११ गते बेनी नगरपालिका— ८ न्युरोडमा चक्कु प्रहार गरी हत्या गरेको आरोप लागेका १७ जनामध्ये ५ जना नाबालकलाई पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश गरेको हो।

जिल्ला अदालत म्याग्दीका  श्रेस्तेदार भोलाराज रेग्मीले अदालतमा उपस्थित भएका पाँचजना नाबालकलाई बयान गरेर पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश भएको जानकारी दिए।  जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले परिवर्तित नाम ४३ (ब), ४३ (त), ४३ (फ), ४३ (भ), ४३ (ड) लाई सुधारगृहमा पठाउन आदेश दिएका हुन्। ४३(ध) र ४३ (ह) परिवर्तित नाम गरेका आरोपी फरार छन्। १८ वर्षभन्दा कम उमेर भएकाले नाम सार्वजनिक नगरिएका उनीहरूलाई सुधार गृहमा पठाइएको श्रेस्तेदार रेग्मीले बताए।  ‘१० जना वयस्कमध्ये ८ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ। पाँच जनाको आज थुनछेक बहस भएको छ,’ उनले भने, ‘बाँकी तीन जनाको बहस सकिएपछि एकमुष्ठ आदेश हुन्छ।’

धवलागिरी गाउँपालिका— ४ खिवाङका २१ वर्षीय अमृत पुर्जा, रघुगंगा गाउँपालिका— ७ चिमखोलाका १९ वर्षीय उत्सव पुन, मंगला गाउँपालिका— २ का प्रविन जीसी, बेनी नगरपालिका— ९ का १८ वर्षीय सविन राई र रघुगंगा गाउँपालिका— २ का १८ वर्षीय सञ्जन खत्रीको थुनछेक बहस भएको हो।

धवलागिरि गाँउपालिका— ४ का २२ वर्षीय शंकर घर्ती, बेनी नगरपालिका— ५ का २४ वर्षीय सफल खत्री, जलजला गाउँपालिका— ३ पर्वतका १८ वर्षीय सोहन बरुवालको थुनछेक बहस हुन बाँकी छ। श्रेस्तेदार रेग्मीका अनुसार आरोपित वयस्कहरूमध्ये मनिष तिलिजा र एम भनिने गगनबहादुर गर्बुजा फरार छन्। 

प्रहरीको अनुसन्धान प्रतिवेदन र मिसिलको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत म्याग्दीमा घटनाका आरोपितहरूको विरुद्धमा मुद्दा दर्ता भएको थियो। जिल्ला प्रहरी कार्यालय, म्याग्दीले गर्बुजाको हत्यामा संलग्न भएको आरोप लागेका १७ जनाविरुद्ध जन्मकैदको सजायको माग दाबीसहित अनुसन्धान प्रतिवेदन  सरकारी वकिलको कार्यालयमा फागुन ३ गते बुझाएको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का, मेडिकल रिपोर्ट, साक्षी, प्रत्यक्षदर्शी, आरोपितको बयान, सीसीटीभी फुटेज, सर्वसाधारणले खिचेका तस्बिर र भिडियोलगायतलाई आधार मानेर घटनाको अनुसन्धान प्रतिवेदन तयार पारेको जनाएको छ।

यस घटनाको अनुसन्धान प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा भएको थियो। ३१ जना साक्षीहरूको बयान लिइएको छ। ४ जना फरारको खोजीलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.