कोशीमा हात्ती समस्या : जनताको समस्या बुझ्न मुख्यमन्त्रीको पदयात्रा

कोशीमा हात्ती समस्या : जनताको समस्या बुझ्न मुख्यमन्त्रीको पदयात्रा
सुन्नुहोस्

झापा : कोशी प्रदेशका हात्ती पीडितहरूको समस्या बुझेर त्यसलाई समाधान गर्ने उद्देश्यले बोकेर मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरु गरेका छन्। 

‘जीव-जनावर, जंगल, जनतामैत्री-जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ मुख्यमन्त्री कार्कीको झापाको बाहुनडाँगीबाट उदयपुरको जोगीदहसम्मको पदयात्रा सुरु गरेका छन्। 

मुख्यमन्त्री कार्कीले बुधबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका-४ स्थित प्रसाद गौँडाबाट पदयात्राको शुभारम्भ गरेका हुन्। हात्ती तथा पर्यावरण संरक्षणको सन्देशमूलक गीत गाएर अभियान सुरु गर्‍यो। ‘जीव, जंगल, जनावर, मानिस सबैको संरक्षण गर्ने यो अभियान हो’ मुख्यमन्त्री कार्कीले भने, ‘यो पदयात्रा ती समस्या पहिचान गर्ने प्रयास हो ।’ सिंगो सरकार हात्ती पीडित जनताको ठाउँमा पुगेर समस्या हेर्न आएको बताउँदै मुख्यमन्त्री कार्कीले भने, पीडितहरूको दुःख बुझ्न आएका हौं।’ 

सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आइ दुःखको कुरा सुन्दै अघि बढ्ने र हात्तीको ज्यानको पनि संरक्षण गरिने उनको भनाइ छ। त्यस्तै पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले प्रदेश सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएर अघि बढेको बताए। उनले पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, हात्ती विज्ञ, नागरिक समाजको सहभागिता रहने बताए। 

मुख्यमन्त्री कार्कीसहितको टोलीले जैविक मार्गमै पर्ने ७ स्थानमा रात्रिकालीन विश्राम गर्नेछन्। बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर समापन हुनेछ। झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ। चार जिल्लाका विभिन्न २३ स्थानीय तहमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्ने कार्यतालिका रहेको जनाइएको छ। पदयात्रा उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, हात्ती पीडित परिवारकी जगणमाया थापालगायतको सहभागी थिए। 

हात्ती पीडित जनता निराशा
हात्ती प्रभावित क्षेत्रमा चासो देखाउँदै मुख्यमन्त्री कार्कीले पदयात्रा सुरु गरेपनि हात्ती पीडितहरू त्यसको प्रभावकारिता कति हुने भन्नेमा विश्वस्त हुन नसकिरहेको पाइएको छ। 

कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा हात्तीको समस्या जटिल बन्दै गइरहेको छ। त्यसमा पनि बिशेष गरी बाहुण्डाँगी क्षेत्रमा वर्षैदेखि बसोबास गर्दै आइरहेका मानिसहरू अझै पनि हात्तीको विध्वंश सहन विवश छन्। हात्तीले मानवीय घर गोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्‍याउँदै आएको छ।

वर्षौं बितिसक्यो हात्ती पीडितहरूले राज्य गुहारेको। निर्वाचनको मुख्य एजेन्डा हात्ती समस्या समाधान बनाउने तर, निर्वाचित भए पश्चात् हात्ती समस्या समाधानमा खासै चासो नदिने नियति भोग्न हात्ती प्रभावित क्षेत्रका बासिन्दा बाध्य छन्। ‘वर्षभरि मेहनत गर्‍यो खेतीबाली लगायो तर, हात्तीले एकै रातमा तहसनहस पारिदिन्छ,’ स्थानीय कर्ण बहादुर सुनारले भने। हात्तीको कारण न त अन्न भित्राउन पाइन्छ न त क्षति बापतको रकम नै समयमा पाइएको स्थानीय टिकाराम आचार्यले गुनासो पोखे। 

पछिल्लो पाँच दशकयता कोशी प्रदेशका चार जिल्लामा जनसङ्ख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चाप सँगसँगै हात्तीको जैविक मार्गको सङ्कुचन र प्राकृतिक बास स्थानको क्षयीकरण भएको विज्ञहरूले बताउँदै आएका छन्। 

झापामा मात्र २०६७ यता वनको तथ्याङ्क अनुसार ५८ जना नेपाली र  सात जना गैरनेपालीसहित ६५ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका रुद्र न्यौपानेले जानकारी दिए। चालु आर्थिक वर्षमा हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।०८० मा एक गैर नेपालीसहित आठ जनाको मृत्यु भएको थियो। चालु आर्थिक वर्षमा दुई हात्तीसहित अहिलेसम्म १८ हात्ती मृत अवस्थामा भेटिएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.