हिउँ परेपछि किसान खुसी
![हिउँ परेपछि किसान खुसी](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_ahlbmVZOHW_kJ1GejSg7G.jpg)
काठमाडौं : हिउँ परेपछि किसान खुसी भएका छन्। हिमाली जिल्ला दोलखाको शैलुङमा हिउँ परेपछि यहाँका किसान खुशी भएका छन्। आलु रोपेपछि पानी नपर्दा चिन्तित भएका शैलुङका झोर,मनगाउँ लगायतका किसानहरू हिउँदे वर्षा कुर्दा कुर्दा निरास बनेका थिए।
बिहीबार हिमपात भएपछि किसानलाई हर्षित बनाएको छ। यसपटक पहिले भन्दा बाक्लो हिउँ जमेको छ। जिल्लामा हिमपात हुँदा कालिञ्चोक, शैलुङ, हनुमन्ते, चेर्दुङु,दोलखाको प्रवेशद्वार खरीढुंगा, जिरी लगायतका उच्च हिमाली भेग सेताम्य भएका छन्।
यतिखेर परेको हिउँले माटोमा चिसोपन सोसेर माटोलाई खुकुलो बनाउने, रोग किरा नलाग्ने हुँदा किसानका लागि यो हिउँ अमृत बराबर भएको शैलुङ गाउँपालिका–८ का विशाल श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)