एम्बुलेन्समा गाँजा तस्करी, दुईवटा एम्बुलेन्ससहित ३२५ किलो गाँजा बरामद

एम्बुलेन्समा गाँजा तस्करी, दुईवटा एम्बुलेन्ससहित ३२५ किलो गाँजा बरामद
सुन्नुहोस्

विराटनगर : बिरामी ओसारपसारमा प्रयोग गरिँदै आएको अतिआवश्यकीय सवारीसाधन एम्बुलेन्समार्फत कोशी प्रदेशमा लागूऔषध गाँजाको तस्करी गर्ने क्रम बढेको छ। 

सुनसरी र धनकुटाबाट गाँजा ओसारपसारमा प्रयोग गरिएको दुईवटा एम्बुलेन्ससहित आइतबार नेपाल तथा सशस्त्र प्रहरीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ। दुवै स्थानमा गरेर ३ सय २५ किलोग्राम गाँजा बरामद भएको छ। सुनसरीबाट सशस्त्र र धनकुटाबाट नेपाल प्रहरीले गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो। धनकुटाबाट एम्बुलेन्स चालक पनि पक्राउ परेका छन्। 

बिरामीलाई उपचारका लागि जतिसक्दो चाँडो स्वास्थ्य संस्थामा पु¥याउन मद्दत गर्ने सवारीसाधन एम्बुलेन्स सुरक्षा निकायको चेकजाँच एवं निगरानीमा कम पर्ने गरेको छ। सामान्य अवस्थामा सुरक्षा चेकजाँचमा नपर्ने भएकाले त्यसको फाइदा उठाउँदै गाँजाको अवैध धन्दामा संलग्नले ओसारपसारमा एम्बुलेन्सको प्रयोग गरिरहेको निष्कर्ष प्रहरीको छ। 

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट सशस्त्र प्रहरीले २ सय ७३ किलोग्राम गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले ९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको बताए। 

उनका अनुसार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले बिहानका राति २ः३० बजेतिर गाँजा बरामद गरेको हो। विशेष सूचनाका आधारमा को १ च २९३७ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको जानकारी पोखरेलले दिए। 

उनका अनुसार एम्बुलेन्सलाई नियन्त्रणमा लिनसाथ चालक र गाँजा ओसारपसारमा संलग्न रहेका व्यक्तिहरु भने फरार भएका छन्। गाँजा भारततर्फ लैजाने तयारी गरिएको हुनसक्ने सशस्त्रले जनाएको छ। बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको डीआईजी पोखरेलले बताए। उनका अनुसार पछिल्लो समय एम्बुलेन्ससहित विभिन्न सवारीसाधनको प्रयोग गरेर गाँजा ओसारपसार गर्ने क्रम बढेको छ। 

त्यस्तै, एम्बुलेन्समा लोड गरेर सुनसरीको धरानतर्फ ल्याउँदै गरेको ५२ किलोग्राम गाँजा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट नेपाल प्रहरीले बरामद गरेको छ। धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले जानकारी दिए। 

उनका अनुसार एम्बुलेन्सभित्र गाँजा बरामद भएपछि चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पक्राउ गरिएको छ। गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। 

पक्राउ परेका चालक चेललाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको डीआईजी खापुङले बताए। उनका अनुसार चेलविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.