धनुषा शहिदनगर नगरपालिकाका पूर्व मेयरसहित १२ जनाले पाए सफाइ

धनुषा शहिदनगर नगरपालिकाका पूर्व मेयरसहित १२ जनाले पाए सफाइ
सुन्नुहोस्

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाका तत्कालीन मेयर उदयकुमार बरबरिया (यादव) सहित मुद्दा लागेका सबै जनाले सफाइ पाएका छन्। तत्कालीन मेयरसहित उपमेयर शिला देबी कापर, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, लेखा नन्द कुमार झा, इन्जिनियर संजय यादव, उपभोक्ता समितिका पदाधिकारी सबैले सफाई पाएका हुन्।

सडक निर्माणमा भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बरबरिया, उपमेयर कापरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महतो सहित १२ जना माथि २०७९ माघ २३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।  मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायाण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार अन्तिम फैसला सुनाउँदै सबैलाई सफाइ दिएको अदालतले जनाएको छ।

शहीदनगर नगरपालिका ८ बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी काम भएको भनेर कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको भन्दै अख्तियारले सोही दाबीसहित १२ जना उपर भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

अख्तियारले इन्जिनियर सञ्जय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन लेखा अधिकृत नन्दकुमार झा, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी, सचिव मुकेश लखनदे यादव, लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियालाई पनि भ्रष्टाचार मुद्दा लगाएको थियो।

बुधबार विशेष अदालतको ईजलासले मुद्दा दायर गरिएका १२ जनालाई सफाइ दिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.