५ राउण्ड गोलीसहित अटोमेटिक पेस्तोल बरामद

५ राउण्ड गोलीसहित अटोमेटिक पेस्तोल बरामद

मलंगवा : सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ। सशस्त्रले जिल्लाको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका-५, इनरुवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको ५ राउण्ड गोली बरामद गरेको हो। 

शुक्रबार साँझ ८ बजे बोर्डर आउट पोष्ट (बीओपी) सखुअवाबाट खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर चेकजाँच गर्नेक्रममा हतियार बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टर अगर्वाले जनायो। 

भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय बीआर ३० एक्स ७७१३ नम्वरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा उनीहरुको साथबाट हतियार खसेको बुझिएको छ। ती दुवै व्यक्ति तत्कालै भारततर्फ नै फरार भएका छन्। म्यागजिनमा गोली लोड गरिएको पेस्तोल बरामद हुनुले उक्त व्यक्तिहरु नेपालतर्फ कोही कसैमाथि सिधै आक्रमण गर्न आएको हुनसक्ने सुरक्षा अधिकारीहरुले आशंका गरेका छन्। 

बरामद गरिएको हतियार आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.