मोरङबाट गाँजासहित दुई जना महिला पक्राउ

मोरङबाट गाँजासहित दुई जना महिला पक्राउ

विराटनगर : मोरङको बूढीगंगाको अलगअलग स्थानबाट प्रहरीले शुक्रबार र शनिबार लागूऔषध गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको छ। 

पक्राउ परेका महिलाको घरमा प्रहरीले खानतलासी गर्दा ६ किलोग्राम गाँजा बरामद भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घरबाट गाँजा बरामद भएपछि बूढीगंगा गाउँपालिका–२ की ३५ वर्षीया रिनादेवी सिंह र बूढीगंगा–५ की ४५ वर्षीया मुनिया खातुनलाई पक्राउ गरिएको छ। 

इलाका प्रहरी कार्यालय नेमुवाबाट वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले सिंहको घरबाट शुक्रबार साँझ ५ किलोग्राम गाँजा बरामद गरेको थियो। घरमा लुकाएर राख्दै गाँजा बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा हानेको थियो। 

प्रहरीले छापा हान्दा प्लाष्टिकको बोराभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको डीएसपी दाहालले बताए। उनका अनुसार गाँजासहित पक्राउ परेकी सिंहलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर थप अनुसन्धान अघि बढाइएको छ। 

त्यस्तै, प्रहरीले खातुनको घरमा शनिबार दिउँसो छापा हान्दा १ किलोग्राम गाँजा बरामद भएको थियो। वरिष्ठ सइ निरौला नेतृत्वकै टोलीले गाँजासहित खातुनलाई पनि पक्राउ गरेको छ। 

प्लाष्टिकको झोलाभित्र लुकाएर राखेको अवस्थामा उनको घरबाट गाँजा बरामद भएको डीएसपी दाहालले बताए। उनका अनुसार पक्राउ परेका महिलाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.