वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म सबैको सम्पत्ति छानविन गरौं : कानुनमन्त्री

वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म सबैको सम्पत्ति छानविन गरौं : कानुनमन्त्री

तानसेन : कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले नेपालबाट भ्रष्टाचारको अन्त्यका लागि वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन्। 

प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै कानुनमन्त्री गुरुङले नेपालबाट भ्रष्टाचार उन्मूलनका लागि जनप्रतिनिधिमा वडादेखि माथि सबै जनप्रतिनिधि, कर्मचारीहरूमा अधिकृतदेखि माथि सबै कर्मचारीहरूको  सम्पत्ति छानविन गर्ने कानुन ल्याउने तयारीमा लागेको बताए। 

अहिले जताततै रहेको भ्रष्टाचारका फाइलहरू खोल्दा जताततै बाट दबाब आएर काम गर्न कठिनाई भइरहेको कानुनमन्त्री गुरुङले बताए। जनताले सिटामोल पाएका छैन हामी नेताहरू किर्नाझैं मोटाउने भ्रष्टाचार गर्ने, सहर बजारमा महल बनाउने, गाडी किन्ने प्रवृत्तिको अन्त्य गर्न सबै दलका नेताहरूको एउटै आवाज बनाउनुपर्ने गुरुङको भनाइ छ।

हामी राजनीतिक दलका नेताहरू नेपालको विकास निर्माण, गरिबी न्यूनीकरण, भ्रष्टाचार अन्त्यका लागि साझा धारण बनाएर काम गर्नुपर्नेमा एक अर्कालाई गाली गलौज गर्ने, सत्तोसराप गर्ने, एकले अर्कालाई खुल्याउने प्रवृत्ति हाबी भएकोमा सबै नेताहरू सुध्रिनुपर्ने कानुन मन्त्री गुरुङले बताए। पाल्पा, स्याङ्जा क्षेत्रमा पर्यटन विकासका लागि बुटवलदेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई डवल डेडिकेटेड सडक निर्माणका लागि आफ्नो पहिलो प्राथमिकता रहेको कानुन मन्त्री गुरुङले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.