स्कुल बसको ठक्करबाट २ महिलाको मृत्यु, स्थिति तनावग्रस्त

स्कुल बसको ठक्करबाट २ महिलाको मृत्यु, स्थिति तनावग्रस्त

जनकपुरधाम : जनकपुरमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। जनकपुरको एंजल्स स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थल र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका-२३ की ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमा र सोही ठाउँ बस्ने ५८ वर्षीया देवकली साहको उपचारका क्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आइतबार बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कुल बसले बिहेको मटकोर विधिका लागि माटो ल्याउन जाँदै गरेका महिलाहरूको समूहलाई ठक्कर दिएको थियो। जसमा जसमध्ये ५० वर्षीय अम्बिका देवी झाको अवस्था गम्भीर छ र उनलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ।

यस्तै घाइतेहरूमा ७० वर्षीया पशुपति देवी यादव, भुवनेश्वर देवी यादव, ४ वर्षीय बालक सोनु कुमार साह, २४ वर्षीया ममता देवी यादव र ४० वर्षीया दलसिया देवी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी अवाले बताए। उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

घटनापछि बिहानैदेखि विन्धीको अवस्था तनावग्रस्त छ। ठक्कर दिने बसमा आगजानी र एकजनाको घरमा लुकेका चालकलाई आक्रोशित स्थानीयले आक्रमण गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा ढुंगामुढाबाट ७ जना प्रहरी सामान्य घाइते भएको डीएसपी अवाले बताए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो। चालक र बसलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ। सडक छेउमा हिँडिरहेका महिलालाई तीव्र गतिमा रहेको बसले ठक्कर दिएको स्थानीय बासिन्दाले बताएका छन्। 

विवाहका लागि माटो खन्न गइरहेकी महिलाहरूको समूहलाई बसले किचेको थियो। दुर्घटनापछि आक्रोषितहरूले बसमा तोडफोड गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.