नयाँ सत्ता समिकरणबारे प्रधानमन्त्रीले शितल निवास पुगेर राष्ट्रपतिलाई दिए जानकारी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालयमा पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्ड समसामयिक राजनीतिक विषयबारे छलफल गर्न शितल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ।
एमाले नेतृत्वको नयाँ समीकरणबाट संघीय सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुगेका हुन्। बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीमण्डलको नाम र पुरानो मन्त्री बर्खास्तको सूची लिएर उनी पुगेका हुन्।
एमाले-माओवादी-रास्वपाको नयाँ गठबन्धनबाट प्रचण्ड नेतृत्वको सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ।