प्रदेशका मुख्यमन्त्रीहरु आलोपालो नेतृत्व गर्ने गरी परिवर्तन हुन्छन् : माओवादी

प्रदेशका मुख्यमन्त्रीहरु आलोपालो नेतृत्व गर्ने गरी परिवर्तन हुन्छन् : माओवादी
फाइल तस्बिर।

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेका कारण सत्ता गठबन्धन परिर्वतन गर्नुपरेको दाबी गरेको छ।

बालुवाटारको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डले मंसिरदेखि सरकार पुनर्गठन चाहेपनि कांग्रेसले साथ नदिएको दाबी गरेका हुन्।

पौडेलले प्रधानमन्त्रीलाई सरकारका मन्त्री परिर्वतन गर्न नदिनु, अर्थमन्त्रीले काम नगर्नु र अरु मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेको उनले दाबी गरे।

‘सरकारका मन्त्रीले गति लिन नसकेपश्चात प्रधानमन्त्रीले मंसिरदेखि सरकार पुनर्गठन चाहनुभएको थियो। तर जनताको काममा अघि बढाउन कांग्रेसका मन्त्रीहरुको सहयोग भएन, काम गर्न सहज भएन।’

पौडेलले प्रदेशका मुख्यमन्त्रीहरु आलोपालो नेतृत्व गर्ने गरी परिवर्तन गर्ने जानकारी गराए। उनले शान्ति प्रक्रियाका काम टुंग्याउन हिजो कानुन समितिको बैठक कानुनमन्त्री धनराज गुरुङले साथ र सहजिकरण नगरेको बताए।

उनले आगामी राष्ट्रिय सभाको अध्यक्ष छलफलपश्चात टुंगो लगाउने धारणा राखे। उनले कम्युनिष्टहरु धुव्रीकरण गर्दै लैजानका लागि यो कदम चालिएको पौडेलले दाबी गरे। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.