गठबन्धनलाई चलाउने सन्दर्भमा परिपक्कता देखिएन, फेरबदल अनपेक्षित : कांग्रेस
काठमाडौं : नेपाल कांग्रेसले सत्तागठबन्धन फेरबदल अनपेक्षित भएको निष्कर्ष निकालेको छ। सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सहज रुपमा सरकार चलिरहदा प्रधानमन्त्रीबाट भएको सत्तागठबन्धन फेरबदलको घटना अनपेक्षित भएको निष्कर्ष निकालेको हो।
यस विषयमा मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने र आवश्यक निर्णय गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। उनले निर्वाचनमा कसैको बहुमत नआएको अवस्थामा सहकार्यको राजनीति पर्याप्त रुपमा विकसित हुन नसकेकाले यस्तो घटना घट्ने गरेको बताए। गठबन्धनलाई चलाउने सन्दर्भमा परिपक्कता नदेखिएको उनको भनाइ छ।
शर्माले मन्त्रीहरुबाट असहयोग गरेको प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा कांग्रेसलाई जानकारी नभएको बताए। प्रधानमन्त्रीलाई दिएको विश्वासको मतका बारेमा पनि केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस !