मोरङमा सशस्त्रका डीएसपी मृत अवस्थामा भेटिए

मोरङमा सशस्त्रका डीएसपी मृत अवस्थामा भेटिए
सुन्नुहोस्

विराटनगर : मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। 

धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याललाई केहीबेर अघि मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। 

उनका अनुसार कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको हो। घटनाका सम्बन्धमा थप जानकारी आइनसकेको तिमल्सिनाले बताए। बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। एसपी तिमल्सिनाले अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताए। 

अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ। सशस्त्र प्रहरीका अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.