सुनसरीको इटहरीमा वाहिनीपति कप सुरु

सुनसरीको इटहरीमा वाहिनीपति कप सुरु
सुन्नुहोस्

विराटनगर : सुनसरीको इटहरीमा वाहिनीपति कप प्रतियोगिता २०८० मंगलबारदेखि सुरु भएको छ। विभिन्न ५ विधाका खेल समावेश गरिएको प्रतियोगिताले सशस्त्र प्रहरीभित्रको आन्तरिक खेलकुद गतिविधिलाई चलायमान बनाएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय पकलीले प्रतियोगिताको आयोजना गरेको हो। सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख एवं वाहिनीपति डीआईजी अन्जनीकुमार पोखरेलले प्रतियोगिताको उद्घाटन गरेका छन्। संगठनको पेशागत गतिविधि चक्रअन्तर्गत आयोजित वाहिनीपति कप यही फागुन २५ गतेसम्म जारी रहने छ। 

प्रतियोगितअन्तर्गत फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिसका खेलहरू समावेश गरिएको छ। वाहिनीपति कपमा फुटबल, भलिबल, ब्याडमिन्टन र टेबल टेनिसतर्फ ८÷८ वटा टिमको सहभागिता रहेको छ। एथ्लेटिक्समा सशस्त्र प्रहरीका महिला र पुरुष गरेर १६ जना खेलाडीबीच प्रतिस्पर्धा हुने डीआईजी पोखरेलले बताए। 

उनका अनुसार फौजको व्यावसायिक क्षमता अभिवृद्धि, सामूहिक भावनाको विकास, जिम्मेवारीप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध साधन स्रोतको सदुपयोग तथा व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उदेश्यले वाहिनीपति कपको आयोजना गरिएको हो। प्रतियोगितामा वाहिनी मातहतका गण र गुल्महरूबाट विभिन्न ५ विधाका खेलमा १ सय २० जनाभन्दा बढी सशस्त्र प्रहरीका खेलाडी सहभागी रहेको जानकारी पोखरेलले दिए। 

वाहिनीपति कपअन्तर्गतको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण हेड क्वार्टर इलाम र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेड क्वार्टर त्रियुगा उदयपुरको फुटबल टिमबीच प्रतिस्पर्धा भएको थियो। फुटबलको उद्घाटन खेलमा इलामलाई टाइब्रेकरमा ७–६ गोल अन्तरले पराजित गर्दै उदयपुर विजयी भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.