सुदूरपश्चिममा माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन

सुदूरपश्चिममा माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन

धनगढी : नेकपा माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश सभा भवनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए। नेकपा माओवादी केन्द्रका सभामुख सहित ११ प्रदेश सभा सदस्य छन्। 

तर पनि मुख्यमन्त्री कमलबहादुर शाहसँग भने ३० प्रदेश सभा सदस्यको बहुमत कायमै रहन्छ। उनलाई काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका ७ र समाजवादीका ४ गरी ३० जनाको समर्थन कायमै छ। बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ।

केन्द्रमा नागरिक उन्मुक्ति र समाजवादी गठबन्धनमा सहभागी हुने वा नहुने निर्णयमा पुगि नसकेकाले सुदूरपश्चिममा पनि यी दुई दलले सरकारको समर्थन फिर्ता लिएका छैनन्। 

मंगलबार मात्रै मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि माओवादीले पनि आज सरकारको समर्थन फिर्ता लिएको हो।

मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्य मन्त्री गीतादेबी माललाई बर्खास्त गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.