पाल्पामा दृष्टिविहीनहरूबीच कबड्डी प्रतियोगिता
तानसेन : पाल्पामा दृष्टिविहीनहरूबीच कबड्डी प्रतियोगिता सञ्चालन गरिएको छ। तानसेन-९ दमकडामा रहेको दमकडा नमुना माध्यमिक विद्यालयमा दृष्टिविहीनहरू बीच पहिलो पटक कबड्डी प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगितामा विवश कुमालको निलो जर्सी र जगतबहादुर कुँवरको रातो जर्सीको नेतृत्वमा भएको खेलमा जगतबहादुर कुँवरको रातो जर्सीको समूह विजयी भएको छ।
यसैगरी विवश कुमालको निलो जर्सीको समूह उपविजेता भएको छ। विजयी निलो जर्सीले २४ अंक र उपविजेता रातो जर्सीले २० अंक पाएको थियो।