जहाँ व्यवसाय त्यहीँ विदुर नपा

जहाँ व्यवसाय त्यहीँ विदुर नपा
सुन्नुहोस्

नुवाकोट : विदुर नगरपालिकाले व्यवसाय दर्ता तथा प्रोत्साहन गर्दै ‘जहाँ व्यवसाय त्यहीँ विदुर नपा’ अभियान सञ्चालन गरेको छ। विदुर नपाको ‘व्यवसाय दर्ता तथा कर संकलन अभियान’अन्र्तगत विदुर—९ मा अभियानको सुरुवात गरिएको हो।

बजारमै पुगेर व्यवसाय दर्ता कार्य सुरु गरिएको नपा कार्यालयले जनाएको छ। व्यवसायी खोज्दै विदुर नगरपालिका व्यवसायीमाझ उनीहरूले सञ्चालन गरेको व्यवसायमै पुगेको छ। सो अभियानअन्तर्गत ‘छ व्यवसाय जहाँ, दर्ता हुन्छ त्यहाँ’ नारासहित जनप्रतिनिधि नै पुगिरहेका छन्। विदुर नपा कार्यालयले व्यवसाय दर्ता गर्न छुट भएका व्यवसायीहरूलाई करको दायरामा ल्याउने अभियान सञ्चालन गरेको हो। 

सो अभियानको शुभारम्भ गर्दै विदुर नपाले व्यवसाय छुट भएका व्यवसायीहरूलाई करको दायरामा ल्याउने कार्य गरिरहेको मेयर राजन श्रेष्ठले बताए। उनका अनुसार यस अभियानबाट व्यवसाय दर्ता, राजस्व संकलन तथा समस्या पहिचानका विषयलाई प्राथमिकता दिइएको छ। हालसम्म सो अभियानअन्तर्गत सयौं व्यवसायीहरू आबद्ध भइरहेका छन्। यसअघि, सो कार्यक्रम विदुर नपा—७ सोलेबजारबाट सुरुवात भई विदुर—९ कोलोनी आइपुगेको उपमेयर प्रभा बोगटीको भनाइ छ।

यस कार्यक्रममा खटिएका जनप्रतिनिधिसहितको टोलीले पसल व्यवसाय दर्ता गरी प्रमाणपत्र प्रदान गर्ने गरेका छन्। सञ्चालकहरूलाई सम्बन्धित व्यवसाय दर्ता प्रमाणपत्र प्रदान गरिने गरेको छ। विदुर नपामा १३ वटै वडामा व्यवसाय दर्ता गर्न छुट भएका व्यवसायीहरूलाई व्यवसाय गरेकै स्थानमा दर्ता गर्ने अभियान सञ्चालन गरिएको हो। विदुर नपाले व्यवसायीहरूलाई कर तिरौं व्यवसायलाई व्यवस्थित र वैधानिक बनाउँ भन्ने नारा समेत अघि सारेको छ।
विदुरमा सानाठूला गरी पाँच हजारभन्दा धेरै व्यवसायी रहेको अनुमान छ। यसअघि, बेलकोटगढी नपाले पनि यस्तै प्रकृतिको अभियान सञ्चालन गरी नगरपालिकाभित्रका व्यवसायलाई दर्ता, सूचीकरण र बजार अनुगमनको कामलाई अगाडि बढाएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.