सुदूरपश्चिम सरकार आजै छोड्न नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठद्वारा संसदीय दललाई निर्देशन

सुदूरपश्चिम सरकार आजै छोड्न नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जीता श्रेष्ठद्वारा संसदीय दललाई निर्देशन
फाइल तस्बिर।

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कमलबहादुर शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छन्। पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नै नगरि शुक्रबार मध्यराति सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोडन निर्देशन दिएकी हुन्।

शनिबार बिहान अन्नपूर्णसँग कुराकानी गर्दै अध्यक्ष चौधरीले भनिन्,‘कमल बहादुर शाह नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिई सकेकी छु। आज संसदीय दलको बैठक बस्छ र सरकारबाट फिर्ता हुने निर्णय हुन्छ।’ 
उनले सरकारमा जाने नजाने बारेमा पार्टी अध्यक्षसँग कुनै छलफल नै नगरिएको बताइन्। ‘म बिरामी थिए, तर म सँग कुनै सरसल्लाह नै नगरि मन्त्रीको सपथ खाएका रहेछन्। पार्टी विधि विधानबाट चल्नुपर्छ’ उनले भनिन्। ‘आजै सरकारबाट फिर्ता भएको निर्णय हुन्छ।’

नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यमध्ये शुक्रबारको सरकार विस्तारपछि ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन्। शुक्रबार मध्य राति मुख्यमन्त्री शाहले उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, रञ्जिताको नजिक मानिएका खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए। उन्मुक्तिका रामेश्वर चौधरीसहित अहिले ४ जना सरकारमा गएका छन्। 

उनले आफ्नो पार्टी नयाँ गठबन्धनमै रहेको बताइन्। ‘हामी नयाँ बनेको गठबन्धनमै छौं। बिहीबारको सदनमा पनि हामी सत्ता पक्षमा बसेका छौं, यो भनेको सुदूरपश्चिममा पनि नयाँ गठबन्धनलाई समर्थन गर्नु हो’ उनले भनिन्। 
सल्लाह नै नगरेर सरकारमा गएका संसदीय दलका नेता घनश्याम चौधरीले सरकारबाट फिर्ता नभएपछि के हुन्छ ? भन्ने जिज्ञासामा पार्टी उनले भनिन्, ‘नागरिक उन्मुक्ति पार्टी विधि विधानबाट चलेको पार्टी हो। दलको ह्विप नमान्नेलाई के हुन्छ, त्यो पछि हुँदै गर्छ।’ 

अहिले नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जीताबीच सरकारमा जाने वा नजानेबारे विवाद देखिएको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.