कांग्रेसले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गर्दैन : विश्वप्रकाश शर्मा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम पार्टीले नगर्ने स्पष्ट पारेका छन्।
नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो सभा उद्घाटन गर्दै शर्माले प्रधानमन्त्रीले गठबन्धन परिवर्तन गरे पनि अहिलेको सरकारलाई लामो समय चल्न दिनुपर्ने भन्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम कांग्रेसले नगर्ने स्पष्ट पारेका हुन्।
उनले कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुलाई एक वर्ष काम गर्न दिएर समिक्षा गर्ने तयारी गरे पनि प्रधानमन्त्रीले हतारो गरेको बताए।
शर्माले जनताको चाहना र भावना अनुसारको मुद्दा लिएर कांग्रेसले शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेक। कांग्रेस र एमालेलाई माओवादीले पटक पटक धोका दिएको भन्दै उनले धोका दिएकाहरु एक ठाँउ आए बाँकी व्यवस्था आफैं हुँदै जाने जिकिर गरे।
त्यस्तै शर्माले अहिले भएको गठबन्धन परिवर्तनको कदमले जनतामा नकारात्मक सन्देश गएको पनि बताए।
प्रतिक्रिया दिनुहोस !